News Portal

  • अगुवा विद्यार्थी संगठन एक ठाउँ : अछाम पुगेर गरे यस्तो उद्घोष

    इभक्तपुर संवाददाताअछाम, १७ माघ
    १३१२ पटक
    अछाम, १७ माघ
    अखिल (क्रान्तिकारी), अनेरास्ववियू र नेविसंघले सुदुर पश्चिममा जरा गाडेर बसेको छाउपडी प्रथा उन्मुलनको लागी संयुक्त अभियान चलाउने उद्घोष गरेका छन् । आज अछामको मंगलसेनमा सरोकारवाला, स्थानीय जनप्रतिनिधी, राजनितिक दलका नेता एवं युवा बिध्यार्थी लगायतको सहभागितामा अन्तरक्रिया गरेर तीन अगुवा विद्यार्थी संगठन छाउपडी बिरुद्ध एक ठाँउ उभिएका हुन् ।
    मंगलसेनमा अनेरास्ववियू अध्यक्ष नविना लामा, अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विजय गौतम, नेविसंघका उपाध्यक्ष पुष्प कुमार शाहीले छाउपडी प्रथा उन्मुलनको लागी संयुक्त विध्यार्थीको अभियान सुरुवात भएको घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै अखिलका अध्यक्ष नविना लामाले २१ औं शताब्दीमा पनि कुरितीले जरा गाड्नु दुखद रहेको बताउदै भनिन्,”हाम्रो आमा, दिदिबहिनी, छोरीलाई मृत्यूको मुखमा पुर्याउने कुसंस्कार अन्त्यको लागी ढीलो नगरि अब सबै सामूहिक रुपमा लाग्नुपर्छ ।” 
    त्यसैगरी अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विजय गौतमले छाउपडी प्रथा उन्मुलनको पक्षमा नलाग्ने युवा विध्यार्थी संगठनको नेता मात्रै होईन साघारण सदस्य हुन पनि नसक्ने र त्यस्तो भेटिएमा कार्वाही समेत गरिने वताउँदै गॉउ-गॉउमा, स्कुल-स्कुलमा संयुक्त अभियान चलाउन निर्देशन समेत दिएका थिए भने नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीले विध्यार्थी आन्दोलन दबाब र जागरणको आन्दोलन भएकोले सबैखाले कुरुतिको विरुद्द विध्यार्थी संगठन संयुक्त रुपमा लड्ने वताए।
    कार्यक्रममा अछाम २ बाट निर्वाचित माननीय यज्ञराज बोगटी लगायत जिल्लाका पार्टी नेताहरुका साथै स्थानिय जनप्रतिनिधीहरुले विद्यार्थीको संयुक्त अभियानको स्वागत गर्दै साथ दिने प्रतिबद्दता जाहेर गरेका थिए । 
    उक्त अवसरमा अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव रोशन भूल, अनेरास्ववियूका सचिवालय सदस्य एलवि सिं, मर्यादा विष्ट लगायतको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...