पीएन् क्याम्पसका बिद्यार्थीहरु र प्रहरीबीच तनाव उत्पन्न भएको छ । सोमबार गाडीको ठक्करबाट क्याम्पसका विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि आन्दोलनरत बिद्यार्थीहरु तोडफोडमा उत्रेपछि तनाव भएको हो ।
ग १ख ६६७७ नम्बरको गाडीले लापरबाहीपूर्वक ढकालको ज्यान लिएको आरोप लगाउदै तोडफ़ोडमा उत्रेका १ दर्जन बिद्यार्थीलाइ प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनको नेतृत्व नेविसंघले गरेको छ । मृतक बिद्यार्थी नेविसंघ स्याङ्जा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका अध्यक्षसमेत थिए ।आक्रोशित बिद्यार्थीले चालकलाइ ज्यान मार्ने उद्योगमा कारबाही हुनुपर्ने माग राखेका छन् ।