आजै एमाले-माओबादी केन्द्रको पार्टी एकताको कुरा टुंगाउने दावी गरेको एकता संयोजन समितिको बैठकले एमाले अध्यक्ष केपी ओलीलाई प्रधान मन्त्री बनाउने कुरा मात्र टुंगो लगाएको छ ।
ललितपुरको मानभवनस्थित एक घरमा बसेको बैठकले पार्टी एकताको निष्कर्ष निकाल्न नसकेपछि बाम सरकार बनाउन राष्ट्रपति समक्ष दावी प्रस्तुत गर्ने निष्कर्ष निकालेका छन ।
दुवै पार्टीका अध्यक्ष हरुको वान टु वान बार्ता पछि बसेको यो बैठकले एकताबारे संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टुंगो लगाउने नेताहरुले जिकिर गरिरहदा बैठक उक्त कुरामा छलफल गर्न बिहीबारको लागि सरेको नेता नारायणकाजी श्रेष्ठले बताएका छन ।
“कुरा नमिलेर होइन, आज सकारात्मक र गम्भीर कुरा भएको छ, समग्र विषयलाई टुङ्गो लगाउन आजकै छलफललाई निरन्तरता दिन बिहीबार बैठक बस्नेछ”–नेता श्रेष्ठले भने ।