News Portal

  • नीति र पद्धतिबाट अख्तियारलाई अगाडि बढाइने : कार्यवाहक प्रमुख आयुक्त घिमिरे

    इभक्तपुर संवाददाताकाठमाडौँ, २ फागुन
    ७४७ पटक
    काठमाडौँ, २ फागुन

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आम नागरिकको अपेक्षा अनुरुप आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दारी र निष्ठाका साथ तोकिएकै समयमा सम्पादन गर्न आयोगमा कार्यरत कर्मचारीलाई निर्देशन दिएका छन । उनले आयोगको काम कारवाहीले जनमानसमा सकारात्मक सन्देश प्रवाह गराउन सक्नु पर्ने कुरामा समेत जोड दिएका छन ।

    कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेपछि बुधवार आयोगमा कार्यरत सबै तहका कर्मचारीहरुलाई निर्देशन दिँदै उनले आयोगलाई नीति र पद्धतिबाट अगाडि बढाउन आफूले सक्दो प्रयत्न गर्ने बताए । कार्यवाहक प्रमुख आयुक्त घिमिरेले अनुसन्धानको प्रक्रियालाई छिटो, छरितो र सहज ढंगबाट सम्पादन गर्ने दिशामा केन्द्रित हुन सबैलाई निर्देशन समेत दिए ।

    घिमिरेले बुधवारबाटै कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका छन् । उनी वि सं २०७१ साल चैत १९ गते आयोगको आयुक्तमा नियुक्त भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...