News Portal

  • माओबादी केन्द्रका नेता भन्छन् – खेल्ने कि फाल्ने आज फाइनल हुन्छ

    इभक्तपुर संवाददाताभक्तपुर, ४ फागुन
    १०६९ पटक
    भक्तपुर, ४ फागुन

    एकतामा हतारिएको माओबादी केन्द्र र सरकार बनाउन हतारिएको एमालेमा एमालेले जितेको छ । सरकार गठन अगाडी नै पार्टी एकताको रटान लगाउदै आएको माओबादी केन्द्रलाई एक्लै पारेर एमाले अध्यक्ष केपी ओली आफ्ना २ मन्त्रीसहित बिहीवार राष्ट्रको ४१ औ प्रधानमन्त्री बनिसकेका छन् ।

    अब के हुन्छ एकता ? इभक्तपुरको प्रश्नमा माओबादी केन्द्रका एक नेता भन्छन् ” खेल्ने कि फाल्ने आज फाइनल हुन्छ ।”

    यी दुई पार्टीबीच हेर्दा कुरा मिलेको जस्तो देखिएपनि ठुलै खाडल रहेको पाइएको छ । पदीय भागबण्डा मात्र नमिलेको जस्तो प्रचारमा आएपनि वास्तवमा बैचारिक र सैद्धान्तिक बहसमै हलो अड्केको ती नेताले खुलासा गरेका छन् ।

    फागुन १ गते नै एकता घोषणा गर्ने बताएका माओबादी नेताहरु यतिबेला निरास बनेका देखिन्छन । माओबादी केन्द्रलाई छोडेर सरकारमा हाम् फाल्नुले पक्कै राम्रो संदेश दिएको छैन । माओबादी केन्द्रले एकतामा कुरा नमिले सरकारमा नजाने बरु समर्थन मात्र गर्ने मनस्थिति बनाएको छ । यदी यसो भयो भने निर्वाचनताका बाम गठबन्धनले गरेको स्थिर सरकारका बाचाले पनि हावा खाने देखिन्छ ।

    आज हुने भनिएको एकता बार्ता निर्णायक हुने दावी गरिएपनि सकारात्मक वा नकारात्मक दुवै परिणाम आउनसक्ने इभक्तपुरलाई जानकारी गराइएको छ । ‘एक हातले ताली बज्दैन’ अहिले यत्ति बुझ्नुस्’। माओबादी केन्द्रका तर्फबाट एकता संयोजन समितिमा सहभागी एक नेताले भने ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...