News Portal

  • सर्लाहीको राजघाटमा मजदुरी गर्दै आएका मेलुङ्गका एक ब्यक्ति नहरमा मृत भेटिए

    प्रेमनाथ पौडेल सर्लाही, ४ फागुन
    ८३३ पटक
    सर्लाही, ४ फागुन

    सर्लाहीस्थित बागमती सिचाई आयोजनाको नहरमा डुबेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दोलखा जिल्ला मेलुङ्ग घर भएका ५५ बर्षिय दल बहादुर थापा रहेका छन ।

    बागमती नगरपालिका ८ राजघाटमा बिगत केहि महिना देखि ज्याला मजदुरी गर्दै आएका थापा ३ दिन अघि देखी हराई रहेका थिए । बिहीवार साझ पख बागमती सिचाई आयोजनाको मुल नहरको पानी मा तैरिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शव थापाको भएको पुष्टि गरेको हो ।

    थापाले अत्याधिक मदिरा सेवन गरेका कारण चिप्लिएर नहरमा डुब्दा ज्यान गएको हुनसक्ने इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुमार कुर्मीले प्रहरीको प्रारम्भिक अनुमान भएको बताएका छन ।

    सबको पोस्टमार्टम को लागी गए साझ नै जिल्ला अस्पताल मलङ्वा पठाई सकेको र अहिले आफन्त लाई बुझाउने तयारी भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...