News Portal

  • विप्लब – प्रहरी आमनेसामने : नेता सुदर्शनसहित ७ गिरफ्तार

    इभक्तपुर संवाददाताबिराटनगर, ६ फागुन
    १४७८ पटक
    बिराटनगर, ६ फागुन

    बिद्रोही शक्तिको परिचय बनाएको विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक स्थायी समिति सदस्यसहित ७ जना नेतालार्इ प्रहरीले गिरफ्तार गरेकाे छ । स्थायी समिति सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन, पाेलिटब्यूराे सदस्य पदम रार्इ लगायत सात जना गिरफ्तारीमा परेका हुन् ।

    नेकपाकाे युवा सगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका बेला उनीहरुलाई बिराटनगरबाट गिरफ्तार गरिएको हो । सम्मेलन सुरु हुनै लाग्दा प्रहरीले सम्मेलनमाथि हस्तक्षेप गरी नेताहरुलार्इ गिरफ्तार गरेकाे नेकपाका एक नेताले जानकारी गराए ।

    अाजैबाट युवा संगठनकाे राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु हुन लागेकाे थियाे ।गिरफ्तार पर्नेमा जनस्वयमसेवकका केन्द्रीय सदस्य दिनेश, नबिन, केशब, कमल र दिपक रहेका छन ।

    बिराटनगरको राजवंशी चोकबाट पक्राउ गरिएका नेकपाका नेताकार्यकर्तालाइ जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । नेकपाको कार्यक्रममा प्रहरी हस्तक्षपले सरकार र नेकपा बीचको संवन्ध पेचिलो बन्ने दखिएको छ ।

    प्रतिकृया दिनुहोस्

    वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता

    भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...

    शिक्षाशास्त्रको अवमूल्यनले शिक्षा क्षेत्र अघि बढ्न सक्दैन

    २०८० जेठ १५ को बजेट भाषणमार्फत गुणस्तरीय शिक्षामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले जुनसुकै विषयमा उच्च...

    भारतका स्थल सेनापति द्विवेदी नेपालमा, मानार्थ महारथीको दर्जा प्रदान गरिने

    छिमेकी देश भारतका स्थल सेनापति जनरल उपेन्द्र द्विवेदी नेपाल आएका छन् । प्रधान सेनापति अशोकराज...

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...