News Portal

  • टर्कीमा अपहरण गराएको आरोपमा कंचनपुरका पञ्जियार पक्राउ

    भक्तपुर, ८ फागुन
    ६५१ पटक
    arrestभक्तपुर, ८ फागुन

    प्रहरीले मानव ओसारपसारको आरोपमा सप्तरी, कञ्चनपुरका ओमप्रकाश कुमार पञ्जियारलाई पक्राउ गरेको छ । पञ्जियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई वैदेशिक रोजगारीका लागि मकाऊ लैजाने भनी करिब तीन महिनासम्म भारतको नयाँ दिल्लीमा राखेका थिए । मकाऊ लैजान नसकेपछि टर्कीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी रु ६ लाख ५० हजारका दरले रकम लिई पठाएको केही समयपछि पीडितहरु टर्कीमा अपहरणमा परी १३ हजार अमेरिकी डलर फिरौती रकम बुझाई केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।

    नेपाल फर्किएपश्चात् पीडितहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएको जाहेरीका आधारमा पञ्जियारलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजुकमार सिलवालले जानकारी दिए । उनले भने, “टर्कीमा पुगेपछि पीडितहरुले पञ्जियारलाई भने अनुसारको काम नभएको भन्दै गुनासो गरेका रहेछन्, त्यसको केही समयपछि उनीहरु अपहरणमा परेका थिए ।”

    अपहरणकारी पाकिस्तानी नागरिकको हात रहेको खुले पनि अपहरणकारी र अभियुक्त पञ्जियारबीच सम्बन्ध रहे नरहेकोबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । पञ्जियारलाई काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    एसईईको लागि आवेदन फारम खुल्यो (हेर्नुस् सूचना)

    एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना...

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...