News Portal

  • टर्कीमा अपहरण गराएको आरोपमा कंचनपुरका पञ्जियार पक्राउ

    भक्तपुर, ८ फागुन
    ७६१ पटक
    arrestभक्तपुर, ८ फागुन

    प्रहरीले मानव ओसारपसारको आरोपमा सप्तरी, कञ्चनपुरका ओमप्रकाश कुमार पञ्जियारलाई पक्राउ गरेको छ । पञ्जियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई वैदेशिक रोजगारीका लागि मकाऊ लैजाने भनी करिब तीन महिनासम्म भारतको नयाँ दिल्लीमा राखेका थिए । मकाऊ लैजान नसकेपछि टर्कीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी रु ६ लाख ५० हजारका दरले रकम लिई पठाएको केही समयपछि पीडितहरु टर्कीमा अपहरणमा परी १३ हजार अमेरिकी डलर फिरौती रकम बुझाई केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।

    नेपाल फर्किएपश्चात् पीडितहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएको जाहेरीका आधारमा पञ्जियारलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजुकमार सिलवालले जानकारी दिए । उनले भने, “टर्कीमा पुगेपछि पीडितहरुले पञ्जियारलाई भने अनुसारको काम नभएको भन्दै गुनासो गरेका रहेछन्, त्यसको केही समयपछि उनीहरु अपहरणमा परेका थिए ।”

    अपहरणकारी पाकिस्तानी नागरिकको हात रहेको खुले पनि अपहरणकारी र अभियुक्त पञ्जियारबीच सम्बन्ध रहे नरहेकोबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । पञ्जियारलाई काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...