News Portal

  • बाम सरकारदेखि आक्रोसित बने बिप्लव : १३ गते देखाइदिने चेताबनी

    इभक्तपुर संवाददाताभक्तपुर, ८ फागुन
    १४५० पटक
    भक्तपुर, ८ फागुन

    बिद्रोही शक्तिको पहिचान बनाइरहेको बिप्लव नेतृत्वको नेकपा बाम सरकारदेखि आक्रोसित भएको छ । केपी ओलीले सत्ता सम्हाले संगै आफ्ना राजनीतिक हस्तीहरु संगै सयौ कार्यकर्ताहरुलाई प्रहरीले पक्रेपछि नेकपा रिसाएको हो ।

    युवाहरुको सम्मेलनमा गएका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्सन सहित पूर्व मंत्री समेत रहेका पोलिटब्युरो सदस्य पदम राइ र सयौ नेतालाई बिराटनगर प्रहरीले पक्रेपछि नेकपा आन्दोलित भएको छ । उनीहरुको रिहाइको माग गर्दै नेकपाले आज नेपाल बन्दको आह्वान समेत गर्यो ।

    नेकपाले आफ्ना नेता तथा कार्यकर्ताको गिरफ्तारीलाई राज्य आतंक र ओली सरकारको दमन भनेको छ र यसको विरुद्ध आयोजित आजको नेपाल बन्द सफल भएको दावी गरेको छ ।

    नेकपाले स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लगायत बन्दका क्रममा गिरफ्तार परेका सबैलाई यथाशिघ्र मुक्त नगरे कडा प्रतिरोध गरिने प्रष्ट पारेको छ ।
    फागुन ११ गते प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाउने र फागुन १२ गते प्रदर्शन तथा फागुन १३ गते देशव्यापी ठूलो कार्यक्रम गर्ने नेकपाका नहासचिव विप्लवले प्रेस वक्तव्यमार्फत सार्वजनिक गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...