News Portal

  • कुख्यात गुण्डा नाइके मनोज पुन मारिए

    इभक्तपुर संवाददाताबुटबल, ९ फागुन
    ७०३ पटक
    बुटबल, ९ फागुन

    गुण्डा नाइके मनोज पुनसहित उनका सहयोगी प्रहरीको इन्काउन्टरमा परेका छन् । प्रहरीको इन्काउन्टरमा परेका उनीहरुको बुधवार ज्यान गएको छ ।

    भारतमा लुकिछिपी नेपालमा हत्या, अपहरण र चन्दा आतंक चलाउदै आएको पुनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाहीमा परेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले पुष्टि गरे । प्रहरीको गोली लागेर घाइते भएका पुन र उनका सहयोगी सोम आलेको ज्यान गएको प्रहरीले जनाएको छ ।

    पुन भारतबाट नेपाल पसेको र रुपन्देहीको भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले सर्च अभियान चलाएको बताइएको छ । सर्च गर्न पुगेको प्रहरी टोलीमाथि एक्कासी पुन समूहबाट आक्रमण भएपछि प्रहरीले प्रतिकार गरेको र जवाफी कारवाहीमा गोली लागेर पुन र उनका सहयोगीको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

    युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलुको हत्याको जिम्मा पुनले लिएका थिए । काठमाडौंका समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा समेत उनले संलग्नता स्वीकारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...