News Portal

  • प्रचण्ड पोइल गएको अभ्यासको आरोप

    इभक्तपुर संवाददाताभक्तपुर, १३ फागुन
    ९५० पटक
    भक्तपुर, १३ फागुन

    माओवादी नेता लोकेन्द्र विष्टमगर अभ्यासले माओवादी केन्द्र एमालेमा पोईल गएको बताएका छन् । पूर्वपर्यटनमन्त्री विष्टले जनयुद्धको कमाण्डर एमालेमा पोइल गएर माओवादी केन्द्रको अस्तित्व समाप्त पारेको जिकिर गरे ।

    नेकपा माओवादी केन्द्र पार्टी अस्तित्वमा नरहेकोले कारवाही गर्नुको कुनै अर्थ नभएको उनले बताए । ‘पार्टीनै रहेन, हामीलाई के गर्‍यो खै, पार्टी नै समाप्त भएपछि कारवाही गर्नेको कुनै तुक छैन्’ विष्टले भने ।

    गोपाल किराती र विश्वभक्त दुलाल र लोकेन्द्र विष्टमगरलाइ नेकपा माओबादी केन्द्रले कारवाही गरेर निष्कासन गरेपछि बिष्टले यो कुरा बताएका हुन् ।

    एक संचारमाध्यमसँगको कुराकानीमा नेता विष्टले क्रान्तिकारी छवि भएको पार्टीमा अाफ्नो समर्थन र अावद्धता रहने बताउँदै अगाडि भने, ‘म अहिले नै कुनै पार्टीमा आवद्ध भएको छैन् । तर कान्तिकारी छबी भएका राजनीतिक दलमा मेरो आवद्धता र समर्थन हुनसक्छ ।’ विष्टले राष्ट्र र जनताको पक्षमा काम गर्ने पार्टीमा अाफू लाग्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...