News Portal

  • पुनले मन्त्री नबन्ने खबर पुर्याएपछि प्रचण्ड परेशान

    संजीप शुभचिन्तकभक्तपुर, १४ फागुन
    ८२१ पटक
    भक्तपुर, १४ फागुन

    कम्युनिष्ट राजनीतिका एक खम्बा मानिएका नेकपा एमाले महासचिव इश्वर पोखरेलले अर्थमा युवराज खतिवडालाई पचाँउदै रक्षा मन्त्रालयको जिम्मेवारी स्वीकार गरेका छन् । यता, गृह मन्त्रालय नपाएको अपमान पचाउन माओबादी केन्द्रका नेता बर्षमान पुन अनन्तलाई भने असहज भएको देखिएको छ ।

    अनन्तलाई गृहको आस्वासन दिएर अन्तिममा अर्को मन्त्रालय प्रस्ताव गरेपछि उनले सरकारमा सामेल नहुने निर्णय लिएका छन । उनले आफु मन्त्री नबन्ने निर्णय अध्यक्ष प्रचण्डसामु पनि पुर्याएका छन । अनन्त रुस्ट बनेपछि प्रचण्ड परेशान बनेका छन ।

    पार्टीमा प्रचण्डको विश्वासपात्रको रुपमा चिनिएका नेता अनन्त गृह नपाएर भन्दा पनि झुटो आस्वाशन पाएकोमा दुखी भएको उनी निकट श्रोतले बताएको छ । बिहानसम्म अध्यक्ष प्रचण्डले गृह मन्त्रालयको तयारी गर्न लगाएका थिए । तर ११ बजे गृह मन्त्रालय नपाउने सूचना पाएपछि अनन्तले सपथ ग्रहण अस्वीकार गरे ।

    प्रचण्ड निकट श्रोतले भने अध्यक्षले धोका नदिएको दावी गरेको छ । ”उपप्रधानमन्त्री नपाउने भएपछी नेता राम बहादुर थापा बादललाई गृह दिनुको बिकल्प भएन । ”अध्यक्ष निकट श्रोतले भन्यो ।

    यता, अनन्तको भने अध्यक्ष प्रचण्डले एमालेसंग बार्गेनिङ पावर घटाएको बुझाइ छ । आफूलाई केटाकेटीलाई जस्तो जिस्काएको उनको ठहर छ । प्रचण्डले उर्जा लिन गरेको प्रस्ताव उनले ठाडै अस्वीकार गरेका छन् । आफ्ना बिश्वासपात्र रिसाएपछि परेसान बनेका प्रचण्ड अहिले उनलाई फकाउने कसरतमा रहेको सूचना प्राप्त भएको छ ।

    आज ११ दिनपछि बिस्तारित भएको मन्त्रीपरिषदमा एमालेबाट इश्वर पोखरेल रक्षा , डा युवराज खतिवडा अर्थ तथा माओबादी केन्द्रबाट नेता रामबहादुर थापा गृह र मात्रिका यादव उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...