News Portal

  • प्रम ओलीको ध्यान पानीजहाजतिर , असोजभित्र भारतको रेल नेपालमा

    बिमल आचार्यबर्दिवास, २७ फागुन
    ८८४ पटक
    बर्दिवास, २७ फागुन

    अघिल्लो कार्यकालमा पानी जहाज चलाउने कुरा गरेका प्रम केपी ओलीको विरोधीहरुले निकै मजाक बनाएका थिए । अहिलेको उनको कार्यकालमा पानीजहाज नआएपनि रेल भने आउने भएको छ ।

    लामो समय जनकपुर-जयनगर रेल्वे बन्द भएपछी रेल बिहिन बनेको नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल आउने भएको हो । जयनगरबाट – जनकपुर र महोत्तरीको बिजलपुरा सम्म असोज भित्र रेल कुद्ने भएको छ ।

    तर यो रेल नेपाल सरकारले कुदाउन लागेको भने होइन । भारत सरकारले नै नेपाली भूमिमा रेल कुदाउने भएको छ।

    न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ। यसलाई ७० किमिको दूरीमा सञ्चालन गर्ने गरी काम अघि बढाइएको रेल विभागले जानकारी दिएको छ।

    भारतले बर्दिवाससम्म आउनेगरी ७० किमि दूरीमा रेलमार्ग बनाउँदैछ। यसमध्ये भारत भूमिमा जम्मा ३ किमि मात्र पर्छ । २०७५ को असोजसम्ममा ३५ किमि पूर्ण रूपमा तयार हुनेछ र बर्दिबास सम्म नआइपुगे पनि बिजलपुरासम्म भारतीय रेल दौडने छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...