पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । सामान्य तवरले सुत्केरी भएकी महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पोखरा लेखनाथ महानगरपालिकाम–२१, निर्मलपोखरीकी ३२ बर्षिया धनमाया पोख्रेल हुन् । आइतवार सुत्केरी अवस्थामा मृत्यु भएपछि आफन्तजनहरुले डाक्टरहरुको लापरवाही भन्दै आन्दोलित बनेका छन ।
धनमायाले सामान्य डेलिभरीमार्फत शुक्रबार छोरा जन्माएकी थिइन्। पहिलो सन्तान जन्माएकी पोख्रेलले सन्तान सुख भने पाइनन । बढि रक्तश्राबका भएको भन्दै शल्यक्रिया शुरु गरेका डाक्टरहरुले लापरवाही गरी दुई पटक शल्यक्रिया गर्दा पनि सन्चो गराउन नसकेको र आइतवार मृत्युको मुखमा धकेलिदिएको आफन्तको आरोप छ ।