News Portal

  • गुण्डा नाइकेको रुपमा चर्चा कमाएका गणेश लामा गिरफ्तार

    इभक्तपुर संवाददाता
    १६८९ पटक

    ३० फागुन, काठमाडौं । काठमाडौंको गौशालाबाट गुण्डा नाइके गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । होटल पशुपति भिजनबाट लामा प्रहरीको फन्दामा परेका हुन् ।

    होटलमा गोली चलेको सूचनाका आधारमा पुगेको प्रहरीले लामा लाई समातेको हो । उनको साथ् बाट एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी मोहन थापाले पुष्टि गरे ।

    गोली हानिएको बारे थप कुरा बाहिर आएको छैन । प्रहरीले लामा लाई प्रहरी परिसर पुर्याएको छ र अनुसन्धान अगाडी बढाएको बताएको छ । लामा उक्त होटलमा प्रत्येक साँझ जीमको लागि जाने भएता पनि आज भने प्रहरीको फन्दामा परे । नेता विजय कुमार गच्छदारको आशिर्वादमा पछिल्लो समय राजनीतिमा पाइला चलाएका लामा काभ्रेबाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसका पराजीत उम्मेदवार समेत हुन् ।

    अपडेट : पेस्तोल सहित पक्राउ परेका लामाले पेस्तोल आफ्नो नभएको बरु २ युवाले आफूमाथि प्रहार गर्न ल्याएको र आफूले सो पेस्तोल खोसेर प्रहरीलाई बुझाउन खोजेको बयान दिएपछि प्रहरी नै चकित परेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...