News Portal

  • शुटिङमै ढले बलिउड अभिनेता अमिताभ बच्चन

    इभक्तपुर संवाददाताभक्तपुर, १ चैत
    १०१२ पटक
    भक्तपुर, १ चैत

    बलिउड अभिनेता अमिताभ बच्चन फिल्म शुटिङका क्रममा विरामी परेका छन्। आफ्नो आगामी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त अमिताभ मंगलबार विहान अचानक शुटिङ सेटमै ढलेका हुन्।

    भारतीय सञ्चारमाध्यमका अनुसार विहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था विग्रिएको जानकारी गराएका थिए।

    उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर पुगेको छ। उनको जोधपुरमा उपचार भइरहेको छ। चिकित्सकले उनको अवस्था सामान्य रहेको र केही दिन आराम गर्न सुझाव दिएका छन्।

    यसअघि फिल्मकै शुटिङका लागि अमिताभ पुरै टिमका साथ थाइल्याण्ड गएका थिए। त्यहाँ अत्यधिक चिसोका कारण उनको स्वाथ्यमा असहजता देखिएको थियो । ‘ठग्स अफ हिन्दुस्तान’का अलावा अमिताभ बच्चन ‘१०२ नट आउट’को शुटिङ पनि गरिरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...