News Portal

  • बील भुक्तानी गर्न बीस हजार घुस माग्ने लेखापाल अख्तियारको फन्दामा

    इभक्तपुर संवाददातासिरहा, ५ चैत
    ९९६ पटक
    सिरहा, ५ चैत

    बील भुक्तानी गर्न घुस माग्ने लेखापाल अख्तियारको फन्दामा परेका छन । कल्याणपुर नगरपालिकाका लेखापाल घुस रकमसहित आइतवार अख्तियारको फन्दामा परेका हुन् ।

    सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल (ना.सु.) जयराम चौधरीलाइ अख्तियारको बिशेष टोलीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ । सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिएका छन ।

    लेखापाल चौधरीलाई रु.बीस हजार मात्र घुस वापतको रकमसहित उनकै डेराबाट नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भैरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...