बील भुक्तानी गर्न घुस माग्ने लेखापाल अख्तियारको फन्दामा परेका छन । कल्याणपुर नगरपालिकाका लेखापाल घुस रकमसहित आइतवार अख्तियारको फन्दामा परेका हुन् ।
सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल (ना.सु.) जयराम चौधरीलाइ अख्तियारको बिशेष टोलीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ । सामान मर्मत लगायतका बील भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिएका छन ।
लेखापाल चौधरीलाई रु.बीस हजार मात्र घुस वापतको रकमसहित उनकै डेराबाट नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भैरहेको बताइएको छ ।