News Portal

  • प्रहरीको मोष्ट ओन्टेड सूचीमा रहेका पासवान पक्राउ : जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइदै

    प्रेमनाथ पाैडेलसर्लाही, १२ चैत ।
    १०३१ पटक
    arrestसर्लाही, १२ चैत ।

    ज्वाला सिंह नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर बारुद सिंह उर्फ सुरेन्द्र पासवान समातिएका छन् । प्रहरीको मोष्ट ओन्टेड सूचीमा रहेका पासवानलाई प्रहरीले पर्साबाट पक्रेको हो ।

    सीआईबीको बिशेष टोलीले उनलाई पर्साबाट पक्रेर आइतवार सर्लाही प्रहरीको जिम्मा लगाएको छ । सर्लाही जिल्ला अदालतमा उनी बिरुद्ध मुद्दा रहेकोले सीआईबीले पासवानलाई सर्लाही प्रहरीको जिम्मा लगाएको हो । रौटहटको गरुडा नगरपालिका २ घर भएका ३५ वर्षिय पासवानलाइ पर्साबाट बिशेष सुचनाका आधारमा पक्राउ गरि ल्याएको जिप्रका सर्लाहीका प्रवक्ता राजेश थापाले जानकारी गराएका छन ।

    उनलाई सोमबार नै जिल्ला अदालतमा उपस्थित गराइने जिप्रका सर्लाहीले जनाएको छ ।

    जनतान्त्रिक तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर पासवान लामो समयदेखि भूमिगत थिए । सर्लाहीमा उनीमाथि अपहरण, शरीर बन्धक, फिरौती, चन्दा असुली, विष्फोट लगायत ६ वटा मुद्दा रहेको छ ।

    सच्याइएको : सुरेन्द्र पासवान हुनुपर्नेमा यादव भएकोले सच्याइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...