आमरण अनसनमा रहेका हरिवन-११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले अनसन तोडेका छन । डिल्लि प्रसाद उप्रेती र हरिवन नगरपालिका का मेयर गणेश प्रसाईले जुस खुवाएर आमरण अनसन तोडाएका हुन् ।
सर्लाही को हरिवन स्थित इन्दु शंकर चिनी उद्योगले किसानले बिक्रि गरेको उखुको चार महिना बिति सक्न लाग्दा समेत भुक्तानी नदिए पछि आन्दोलनमा उत्रिएका किसानहरुलाई साथ् दिदै रेजाले आमरण अनसन गरेका थिए । चैत्र १० गते देखि आमरण अनसनमा बसेका वडा अध्यक्ष शेख मेहबुब रेजाका कारण किसान आन्दोलनले उचाइ लिएको थियो ।
आइतवार प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत आफै अनसन स्थल आएर समस्या समाधानको बाचा गरेका थिए भने सोमवार स्वास्थ्य अवस्था बिग्रिएपछि रेजालाई उपचारका लागि हेटौडा पुर्याइएको थियो ।
सोमवार नै जनकपुरमा भएको चिनी उत्पाद्क संघ ,किसान प्रतिनिधी ,प्रदेश प्रमुख लगायतको बैठक ले ६ बुँदे सहमती गरेपछि मंगलबार एक कार्यक्रमका बीच रेजाको अनसन तोडिएको अखिल नेपाल उखु किसान संघका केन्द्रिय अध्यक्ष राजकुमार उप्रेतीले इभक्तपुरलाई बताए ।
सहमती भएका बुदाहरुमा उखु को भुक्तानी चैत्र २२गते बाट शुरु गर्ने ,उखुको भुक्तानी अषाढ मसान्त भित्र गरि सक्ने ,उधोगले नेपाली उखुलाई प्राथमिकताका साथ क्रसिङ्ग गरि सके पछि प्रदेश सरकार को स्विकृती लिएर मात्र भारतिय उखु क्रसिङ्ग गर्ने ,उधोग कलकारखानाबाट निस्केको धुवा धुलो दुर्गन्ध नियन्त्रण तत्काल उधोगले गर्ने,उखुको भुक्तानी मुल्य ५३६रुपैया ५६पैसा कायम गरि भुक्तानी गर्ने लगायत निर्णय गरिएको उखु किशान का तर्फ बाट सहभागी सदस्य सामाजिक अभियन्ता एवं नेकपा माओबादी केन्द्रका नेता कमल बुढाथोकीले जानकारी दिएका छ्न ।