News Portal

  • उखु किसानको आन्दोलन सम्बोधन भएपछि वडाध्यक्षले तोडे अनसन

    प्रेमनाथ पाैडेलसर्लाही, १३ चैत
    ९६२ पटक
    सर्लाही, १३ चैत

    आमरण अनसनमा रहेका हरिवन-११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले अनसन तोडेका छन । डिल्लि प्रसाद उप्रेती र हरिवन नगरपालिका का मेयर गणेश प्रसाईले जुस खुवाएर आमरण अनसन तोडाएका हुन् ।
    सर्लाही को हरिवन स्थित इन्दु शंकर चिनी उद्योगले किसानले बिक्रि गरेको उखुको चार महिना बिति सक्न लाग्दा समेत भुक्तानी नदिए पछि आन्दोलनमा उत्रिएका किसानहरुलाई साथ् दिदै रेजाले आमरण अनसन गरेका थिए । चैत्र १० गते देखि आमरण अनसनमा बसेका वडा अध्यक्ष शेख मेहबुब रेजाका कारण किसान आन्दोलनले उचाइ लिएको थियो ।

    आइतवार प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउत आफै अनसन स्थल आएर समस्या समाधानको बाचा गरेका थिए भने सोमवार स्वास्थ्य अवस्था बिग्रिएपछि रेजालाई उपचारका लागि हेटौडा पुर्याइएको थियो ।
    सोमवार नै जनकपुरमा भएको चिनी उत्पाद्क संघ ,किसान प्रतिनिधी ,प्रदेश प्रमुख लगायतको बैठक ले ६ बुँदे सहमती गरेपछि मंगलबार एक कार्यक्रमका बीच  रेजाको अनसन तोडिएको अखिल नेपाल उखु किसान संघका केन्द्रिय अध्यक्ष राजकुमार उप्रेतीले इभक्तपुरलाई बताए ।

    सहमती भएका बुदाहरुमा उखु को भुक्तानी चैत्र २२गते बाट शुरु गर्ने ,उखुको भुक्तानी अषाढ मसान्त भित्र गरि सक्ने ,उधोगले नेपाली उखुलाई प्राथमिकताका साथ क्रसिङ्ग गरि सके पछि प्रदेश सरकार को स्विकृती लिएर मात्र भारतिय उखु क्रसिङ्ग गर्ने ,उधोग कलकारखानाबाट निस्केको धुवा धुलो दुर्गन्ध नियन्त्रण तत्काल उधोगले गर्ने,उखुको भुक्तानी मुल्य ५३६रुपैया ५६पैसा कायम गरि भुक्तानी गर्ने लगायत निर्णय गरिएको उखु किशान का तर्फ बाट सहभागी सदस्य सामाजिक अभियन्ता एवं नेकपा माओबादी केन्द्रका नेता कमल बुढाथोकीले जानकारी दिएका छ्न ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...