News Portal

  • प्रचण्डले कान्छी हेरे

    इभक्तपुर संवाददाताकाठमाडौं, १८ चैत
    १०४५ पटक
    काठमाडौं, १८ चैत

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कान्छी’ हेरेका छन्। उनले अभिनेत्री श्वेता खड्का निर्माता रहेको फिल्म ‘कान्छी’ हेरेका हुन् ।

    आइतवार साँझ कुमारी हलमा पुगेर कान्छी हेरेपछि प्रचण्डले निर्मात्रीसमेत बनेकी श्वेता खड्कालाई सान्त्वना समेत दिएका छन । ‘परिवारको सदस्य गुमाउनुको पीडा हामीले समान महसुस गरिरहेका छौँ।’ उनले भने । उनले परिवारको सदस्य गुमाएकी श्वेताको जस्तै आफ्नो पनि हालत भएको र शोकलाई साहसमा बदली सार्थक जीवन जीउनुको विकल्प नभएको बताएका छन् ।

    श्वेता नेपाली चलचित्रका सफल अभिनेता स्वर्गीय श्री कृष्ण श्रेष्ठ की श्रीमती हुन् ।

    बिशेष सो मा ‘कान्छी’ हेर्न कुमारीमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नयाँ शक्ति पार्टी नेपालकी नेत्री हिसिला यमी, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, संचार राज्यमन्त्री गोकुल बाँस्कोटालगायतको उपस्थिति थियो ।

    कान्छीको निर्देशक आकाश अधिकारी रहेका छन । उक्त फिल्ममा मुख्य भूमिकामा रहेका श्वेता खड्काको जोडीमा दयाहाङ राई रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...