News Portal

  • सार्वजनिक बिदाबारे हेर्नुस् सरकारको आधिकारिक सूचना : मात्र इभक्तपुरमा

    इभक्तपुर संवाददाताभक्तपुर, १८ चैत
    ११३१ पटक
    भक्तपुर, १८ चैत

    सरकारी कर्मचारीप्रति आक्रामक बनेको सरकारले कर्मचारीले काम नगर्दा सेवा प्रभावित भएको निचोड निकालेको छ । कर्मचारीलाई भरपूर समय काम लगाउनु पर्ने नीति बमोजिम नै भारी मात्रामा सरकारी बिदामा कटौती भएको छ ।
    मन्त्रीपरिषद बैठकले निर्णय गरेर सार्वजनिक बिदामा कटौती गरेको हो । बिदा कटौतीले बजारमा अनेक तरंगहरु पनि देखा परेका छन । जाति धर्म र सम्प्रदाय संग जोडेर बिदा पाउनु लाई अधिकार जस्तै व्याख्या पनि गरिएको छ तर सरकारले भने बिदा अधिकार नभएर सुबिधा मात्र भएको प्रष्ट पारेको छ ।

    बिदा बारे जनमानसमा चासो भएपनि राजपत्रमा प्रकाशित हुन समय लाग्दा मानिसमा कौतुहलता कायम हुनु स्वाभाविक नै हो । मुख्य सचिवले प्रमाणित गरेर पठाउन समय लगाएपछि आधिकारिक रुपमा बिदाको सूचना बाहिर आउन नसकेको श्रोतले इभक्तपुरलाई बतायो ।

    इभक्तपुरलाई नयाँ बर्ष २०७५ मा बिदाको व्यवस्था बारेको आधिकारिक सूचना प्राप्त भएको छ । बिदा सम्बन्धी बजारको हल्लाकै भरमा धारणा बनाएर बस्नुभएका पाठकहरुलाई सहि सूचना प्राप्त होस् भन्ने उदेश्यले उक्त सूचना हामीले यहाँ प्रस्तुत गरेका छौ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...