News Portal

  • मन्त्री खुशी बनाउन खोजेका निजी बिद्यालयका संचालकलाई पोखरेलको यस्तो चेतावनी

    इभक्तपुर संवाददाताकाठमाडौं, २१ चैत
    ८६८ पटक
    काठमाडौं, २१ चैत

    बधाई खान होटलसम्म पुगेका शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले उल्टै बधाई दिने बिद्यालय संचालकहरुलाई चेतावनी दिएका छन । नयाँ शैक्षिक सत्रमा जथाभावी शुल्क नलिन उनले निजी बिद्यालय सञ्चालकहरुलाई चेतावनी दिएका हुन् ।

    बिद्यालय संचालकहरुको संगठन निजी तथा आवसीय बिद्यालय अर्गनाइजेशन नेपाल( प्याब्सन ) केन्द्रीय सचिवालयद्वारा आज काठमाण्डौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बधाई तथा शुभकामना ग्रहण गर्न पुगेका पोखरेलले आफु सम्बन्धमा भन्दा नियममा चल्ने प्रष्ट पारे । ”जथाभावी शुल्क लिनु सह्य हुन् सक्दैन । निर्देशिका ऐन, नियममा रहेर शुल्क लिनुस् । नाफा मात्र चाहिने भए शिक्षामा होइन, अन्य क्षेत्रमा लगानी गर्नुस ।” निजी बिद्यालय संचालकहरुलाई मंत्री पोखरेलले निर्देशन दिए ।

    नियम विपरीत शैक्षिक शुल्क उठाएको गुनासोहरु आएका बताउदैं पोखरेलले यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिदै अन्यथा आफु कडा रुपमा प्रस्तुत हुने समेत प्रष्ट पारेका छन ।

    बिद्यार्थीहरुलाई पुस्तकको भारी बोकाएर शिक्षा नबढ्नेसमेत मन्त्री पोखरेलले ठोकुवा गरे । बिद्यार्थीले बोक्नैं नसक्नेगरी अव्यवहारि ढंगले पुस्तक किन्न लगाउनु गलत भएको भन्दै मन्त्री पोखरेलले बिद्यार्थी मैत्री पाठ्यपुस्तक हुनुपर्नेमा जोड दिए । ”किताव देखेरै बिद्यार्थी भाग्ने अवस्था अन्त्य गर्नुपर्छ , कितावलाई बोझको रुपमा होइन, खोजको रुपमा विद्यार्थीले बुझ्न सक्नुपर्छ । ” उनले भने ।

    निजी, सहकारी र सामुदायिक बिद्यालयसंग सहकार्य गर्न शिक्षा मन्त्रालय तयार रहेको बताउदै मन्त्री पोखरेलले बैशाख पहिलो साताबाट बृहत बिद्यार्थी भर्ना अभियान शुरु गरिने जानकारी गराए । उनले उक्त अभियानमा कम्तिमा समुदायका एक बालबालिका भर्ना गर्न अनुरोध समेत गरेका थिए ।

    मन्त्रालयले भर्ना अभियान शुरु गर्दा धेरैजसो निजी विद्यालयले भर्ना बन्द गरिसक्ने बिषयमा भने मन्त्री पोखरेल मौन रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...