News Portal

  • सर्लाहीको भर्ना अभियानमा माछाको पानी परेपछि

    प्रेमनाथ पाैडेलसर्लाही, ३ बैशाख
    १२२० पटक
    सर्लाही, ३ बैशाख

    सर्लाहीको एक पानी उत्पादन गर्ने उद्योगले उपभोक्तालाई अशुद्ध पानी बिक्रि बितरण गरेको रहस्य खुलेको छ ।

    जिल्ला को गोडैता नगरपालिका ८ मा नवल ठाकुरले संचालन गरेको विक्रम डिस्टीलरी मिनरल पिउने पानी फ्याक्ट्रीले पानी शुद्धिकरण विना नै प्याकिङ्ग गरी विक्रि वितरण गर्ने गरेको पाईएको हो ।

    आइतबार गोडैताको एक विद्यालयले आयोजना गरेको विद्यार्थी भर्ना अभियानमा सहभागी हुन पुगेका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल र जिल्लाका अन्य विशिष्ट व्यक्तिहरुलाई पिउनको लागि दिइएको मिनिरल वाटरमा माछाको गन्ध आएपछि उक्त रहस्योद्घाटन भयो ।

    यसरी आम नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरि उद्योग सन्चालन गरेको र चलाउने मापदण्ड समेत नपुगेको पाईएपछि अनुगमनका क्रममा पुगेको कट्वालको टोलिले शिलबन्दी गरेको टोलिमा सहभागी एक सदस्यले  इभक्तपुरलाई बताए ।

    प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र सन्चारकर्मी सहितको टोली सोझै फ्याक्ट्रीको अनुगमन गर्न पुग्दा संचालक प्रसासनको फन्दामा परे । मिनरल वाटर कम्पनीले मापदण्ड विपरीत उधोग संचालन गरि असुद्द पिउने पानी सिधै बोतलमा शिल लगाएर बजारमा बिक्रि बितरण गरेको पाईएको प्रजिअ कट्वालले बताए ।

    ‘सिधैं घर भित्रबाट पोखरीको पानी भरेर वेच्ने गरिएको रहेछ, त्यस्तो पानी खानाले नागरीकको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ भनेर हामीले फ्याक्ट्रीमा शिलबन्दी गरेका छौं’ । प्रजिअ कटुवालले इभक्तपुरलाई भने ।

    ‘हामी अझ अनुसन्धान गर्दैछौं, जिल्लामा त्यस्ता फ्याक्ट्री चल्न दिँदैनौ र त्यस्ता फ्याक्ट्री संचालन गर्ने जो कोहीलाई कार्वाही हुन्छ ।’ उनले प्रतिबद्धता प्रकट गरे ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...