News Portal

  • भारतीय दुतावासमा बम पड्किएपछि भागाभाग

    इभक्तपुर संवाददाताकाठमाडौं, ३ बैशाख
    ७०३ पटक
    काठमाडौं, ३ बैशाख

    अनुमतिविना वर्षाैदेखि सञ्चालनमा रहेको विराटनगरस्थित भारतीय राजदूतावासको कार्यालयमा बम बिस्फोट भएको छ ।

    सोमबार राति विराटनगर महानगरपालिका-१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयमा बम विष्फोट भएको हो ।

    साँझ आठ बजेर १५ मिनेटमा भएको बम विष्फोटबाट कार्यालयको पर्खाल भत्किएको छ । मोरङ प्रहरीले बम विष्फोटबाट कार्यालयको पर्खालमा क्षति पुगेको जानकारी दिएको छ ।

    मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको सुरुवाती अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा संग्लनहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

    अनुमतिविना वर्षाैदेखि विराटनगरमा सञ्चालनमा रहेको उक्त कार्यालय हटाउन बेला बेला आवाज उठेपनि नेपाल सरकारले भारतसँग हटाउनका लागि पहल गरेको छैन्। उक्त कार्यको बिरोधी शक्तिले बम बिस्फोट गराएको हुनसक्ने स्थानीयको अनुमान छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...