News Portal

  • त्रिभुबन विमानस्थल सुचारु,हिजो देखि नै रोकिएका विमानलाई पहिलो प्राथमिकता

    ८२० पटक

    काठमाडौँ । उडान भर्ने क्रममा विमान धावनमार्गभन्दा बाहिर चिप्लिएर घाँसे मैदानमा पुगेको मालिन्दो एयरको विमानलाई मैदानबाहिर तानिएको छ ।

    नेपाल वायुसेवा निगमको  ग्राउण्ड ह्याण्डलिङ उपकरण तथा क्रेन प्रयोग गरेर विमानलाई तानिएको हो । विमान धावनमार्ग सकिएपछि  १३० फिट दक्षिण पुगेको थियो ।

    त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानलाई तानेर रनवेसम्म पुर्याइएको छ ।

    विमानलाई पार्किङस्थलसम्म पुर्याएर उडान सुचारु गरिएको छ ।

    विमानस्थल सुचारु भएपछि अन्तर्राष्ट्रिय उडानमा हिजो डाइभर्ट गरिएर नयाँ दिल्ली र कोलकाता पुर्याएका विमानहरुलाई पहिलो प्राथमिकता दिइने प्रवक्ता ठाकुरले बताए ।

    बिहिबार राती करिब १० देखि त्रिभुवन विमानस्थलको उडान प्रभावित बनेको थियो । हिजै फ्लाइ दुबई, चाइना साउर्दन एयरलाइन्स, एयर एरेबिया, मलेसियन एयरलाइनस लगायतका विमानहरुलाई कोलकाता र दिल्ली डाइभर्ट गरिएको थियो ।

     

    विभिन्न गन्त्वयमा जान लागेका यात्रुहरु विमानस्थलमा अलपत्र परेका थिए । आन्तरिक उडान भने बिहान देखि नै सुचारु रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...