News Portal

  • द्रोण पोखरेल पुगे सर्लाही, भक्तपुर सिडिओमा भट्ट (सरुवा लिस्ट सहित)

    इभक्तपुर संवाददाताभक्तपुर, १३ बैशाख
    २६१६ पटक
    भक्तपुर, १३ बैशाख

    गृह मन्त्रालयले धेरैजना सिडिओको एकैपटक सरुवा गरेको छ । ३७ जिल्लाका सिडिओको एकैपटक सरुवा भएको हो ।

    मन्त्रालयले २३ सह–सचिव र १४ उप–सचिवलाई सिडिओको जिम्मेवारी दिएको छ ।

    चितवनका सिडिओ नारायणप्रसाद भट्ट भक्तपुरको सिडिओमा सरुवा भएका छन् । सरुवा लिस्टमा उनको नाम १ नम्बरमा परेको छ । भट्ट गृहमन्त्री रामबहादुर थापाको गृह जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका थिए ।

    भक्तपुरका प्रजिअ द्रोण पोखरेल भने सर्लाही पुगेका छ्न । सर्लाहीलाई शाान्ति सुुरक्षाको हिसाबले चुनौतीपूर्ण जिल्ला  मानिन्छ ।

    काठमाडौ र ललितपुरका सिडिओ भने यथावत छन् । यसपटक क्षमतावान युवाहरु समेत सिडिओको लिस्टमा अटाएका छन् ।

    रसुवा पुगेका कृष्ण पौडेलले सम्भवत हालसम्मकै कान्छो सिडिओ बन्ने अवसर प्राप्त गरेका छ्न ।

    मन्त्रालयले सह–सचिव सिडिओ हुने केही जिल्लामा समेत क्षमता भएका उप–सचिव छानेर पठाएको छ ।

    हेर्नुहोस् सरुवाको सूची 

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...