News Portal

  • यु टर्न भए प्रम ओली , राजधानीमै मोदीको अभिनन्दन : कामपाले साँचो बुझाउदै

    इभक्तपुर संवाददाताकाठमाडौँ, २३ वैशाख
    १०४० पटक
    काठमाडौँ, २३ वैशाख

    नेपालमाथि नाकाबन्दी गरेको भनेर आलोचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजधानीमै नागरिक अभिनन्दनको तयारी गरिएको छ । २९ गते उनलाई काठमाडौमा नागरिक अभिनन्दन गर्ने तयारी गरिएको हो ।

    वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई कामपाले अभिनन्दन गर्ने कार्यक्रम तय भएको बताइएको छ । कामपाका सहप्रवक्ता नवराज ढकालका  अनुसार उनलाई अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ ।

    अभिनन्दन अगाडि  भारतीय प्रधानमन्त्रीलाई कामपा प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

    उनलाई २८ गते जनकपुरमा पनि नागरिक अभिनन्दन हुने र जनकपुर उपमहानगरको साँचो हस्तान्तरणको कार्यक्रम तय गरिएको छ ।

    मोदीले नाकाबन्दी गरेकोमा नभई खोलेकोमा अभिनन्दन गर्न लागिएको भन्दै सामाजिक संजालमा मजाक उदाइएको छ भने कतिपयले मोदीलाई गरिने अभिनन्दन दिलदेखि नभएर देखावटी औपचारिकता मात्र भएको भन्दै चित्त बुझाएका छन ।

    नाकाबन्दी ताका भारत बिरोधी बन्दै राष्ट्रबादी कुरा गरेर चर्चामा रहेको तत्कालिन ओली सरकार अहिले यु टर्न भएर मोदीको सत्कारमा जुट्नुलाई कतिपयले मोदीको अनावश्यक चाकडि भनेका छन भने केहिले यसलाई दुइ देशको बदलिदो सम्बन्ध भएको बुझाइ राखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...