News Portal

  • यु टर्न भए प्रम ओली , राजधानीमै मोदीको अभिनन्दन : कामपाले साँचो बुझाउदै

    इभक्तपुर संवाददाताकाठमाडौँ, २३ वैशाख
    ८९४ पटक
    काठमाडौँ, २३ वैशाख

    नेपालमाथि नाकाबन्दी गरेको भनेर आलोचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजधानीमै नागरिक अभिनन्दनको तयारी गरिएको छ । २९ गते उनलाई काठमाडौमा नागरिक अभिनन्दन गर्ने तयारी गरिएको हो ।

    वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीलाई कामपाले अभिनन्दन गर्ने कार्यक्रम तय भएको बताइएको छ । कामपाका सहप्रवक्ता नवराज ढकालका  अनुसार उनलाई अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ ।

    अभिनन्दन अगाडि  भारतीय प्रधानमन्त्रीलाई कामपा प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताईएको छ ।

    उनलाई २८ गते जनकपुरमा पनि नागरिक अभिनन्दन हुने र जनकपुर उपमहानगरको साँचो हस्तान्तरणको कार्यक्रम तय गरिएको छ ।

    मोदीले नाकाबन्दी गरेकोमा नभई खोलेकोमा अभिनन्दन गर्न लागिएको भन्दै सामाजिक संजालमा मजाक उदाइएको छ भने कतिपयले मोदीलाई गरिने अभिनन्दन दिलदेखि नभएर देखावटी औपचारिकता मात्र भएको भन्दै चित्त बुझाएका छन ।

    नाकाबन्दी ताका भारत बिरोधी बन्दै राष्ट्रबादी कुरा गरेर चर्चामा रहेको तत्कालिन ओली सरकार अहिले यु टर्न भएर मोदीको सत्कारमा जुट्नुलाई कतिपयले मोदीको अनावश्यक चाकडि भनेका छन भने केहिले यसलाई दुइ देशको बदलिदो सम्बन्ध भएको बुझाइ राखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरे गायक कपिलको स्वरमा काठमाडौं

    भक्तपुर शहरबारे गीत गाइसकेका भक्तपुरे गायक कपिल कस्पालले राजधानी काठमाडौं शहरलाई पनि आफ्नो स्वरमा सजाएका...

    भक्तपुरमा टेलिभिजन रियालिटी शो ‘प्रतिभाको आँगन’को अडिसन शुरु

    भक्तपुरस्थित संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरी संचालित टेलिभिजन कार्यक्रम ‘प्रतिभाको आँगन’को  तेस्रो संस्करण आउने भएको...

    भक्तपुरमा कक्षा १० की छात्रा ऋजुको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ सार्वजनिक

    भक्तपुरको चाँगुनारायण-२ स्थित गोल्डेन सुनगाभा स्कूलमा अध्ययनरत एक विद्यार्थीले लेखेको अंग्रेजी उपन्यास बजारमा आएको छ...

    मनकामना केबुलकार ५० दिन बन्द हुने

    नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ । केबुलकारको डिजिटल प्रणालीमा...

    नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न

    नेसनस प्याब्सन भक्तपुरको वृहत शिक्षक प्रशिक्षण सम्पन्न भएको छ । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य...