News Portal

  • बेलायतमा बस्ने सुनुवार दम्पतीले गरे साहारालाई भुल्नै नसकिने सहयोग

    लक्ष्मण रसाइली काठमाडौँ, बैशाख ३०
    ११६० पटक
    काठमाडौँ, बैशाख ३०

    अहिले यो समय भनेको एकले अर्कालाई मतलब नगर्ने समय हो । भनिन्छ मानिस काममा यति ब्यस्त बनेका छन् कि उनीहरु मनबिनाका मेसिन बनिसके ।प्राय: मानिस संग आफ्नै स्वार्थ हुन्छ । मानिस आफ्नै स्वार्थकोलागि बाँचेको हुन्छ ।

    तर केहि व्यक्ति समाजमा यस्ता पनि जन्मेका छन् ,जसले आफु बाचौं र अरुलाई आफु झैँ बचाआैं भन्ने सोच बिचारका साथ ब्वहार अघि बढाएका हुन्छन् । महान धारणा भएका यस्ता व्यक्ति पनि हाम्रै समाजमा जन्मेका छन,त्यसका उदारहणको एउटा जोडी हो जंग सुनुवार र भाबना परिस्कृत सुनुवारको जोडी ।

    बेलायतमा बस्दै आएका उनीहरुको यो जोडीले थुप्रै पिडाले पोलिएका मनमुटुमा मलहम लगाएको छ ।  आफ्नो समाज र देश मात्र होइन मानवताको लागि केही गराैं भनेर लागेको छ यो जोडी ।  केहि गरौ भन्ने बिचार भएर पनि गरीविकै कारण गर्न नसकेकाहरुको पनि सधै सेवामा तल्लिन छ यो जोडी।

    पेशाले श्रीमान वेलायाती सेना र श्रीमती साहित्यकार भएपनि आफ्नो समाज सेवा दुखी,असहाय,अपाङ्ग,गरीवहरुको लागि निरन्तर सेवा गर्दै आएका छन् उनीहरु ।  बेलायतमा बसेर विभिन्न नेपाली सेवा समाज,संघ सस्थामा आवद्ध उनीहरु समाज सेवामा निकै तल्लिन र धेरैको धन्यबाद र खुशीको स्रोत बनेका छन् ।

     

    यतिबेला उनीहरु नेजालमा छन् । धनुषा कि दुर्गा सुनुवार”साहारा”को सेवा र सहयोग,मन र तनले उच्च विचार र महान सोच भएकी साहारा घरको आर्थिक अबस्था नाजुक भएकाले उनी आफूले चाहेको कोर्ष पढन बाट बन्चित थिइन् ।

    भविष्यको ठूलै चित्रकार बन्ने सपना बोकेकी र गर्न सक्छु पढ्न सक्छु भन्ने अठोट भएकी चेली तर घरको आर्थिक अबस्था कमजोर भएका कारण उनको सोच अपुरै थियो । यही सोच पुरा गर्ने दोस्रो बाबा आमा बने सुनुवार जोडी ।

    सहाराको यस्तो अवस्था थाँहा पाए पछि यो जोडीले उनको सोच पुरा गर्ने जिम्मा लिएपछि उनको इच्छा सहितको चाहना अहिले पुरा हुदै गएको छ । उनको महान चित्रकार बन्ने सपना पुरा हुदै गएको छ । साहारा लाई पढाउने जिम्मा लिउ भएको थियो,सहाराले स्नातक प्रथम बर्ष (फाइन आर्ट)देखि उनीहरुको सहयोग र साथमा अध्ययन गर्न पाइन् र अहिले उनको चौथो बर्ष पनि सकिन थालेको छ । यो ब्यबस्था सहाराको पढ्ने खर्च सबै उनीहरुले गरेका छन् ।

    नेपालमै आएका बेला आफ्नै हातले भावनालाई सहयोग रकम हस्तान्तरण  कार्यक्रममा समासेवी व्यक्तित्वहरु जंग सुनुवार , भाबना परिस्कृत सुनुवारका साथै  दुर्गा सुनुवार “साहारा” संग गरिएको कुराकानी तलको भिडियोमा हेर्नुस्:

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...