News Portal

  • हरिपुर प्रहरीले समात्यो अबैध कपडा सहित दुई भारतीय मोटरसाईकल

    प्रेमनाथ पाैडेलसर्लाही, १ जेठ
    ८८४ पटक
    सर्लाही, १ जेठ

    सर्लाही प्रहरीले अबैध रुपमा भन्सार छली नेपाल ल्याउदै गरेको तयारी कपडा सहित दुई वटा भारतीय नम्बर प्लेट को मोटर साईकल नियन्त्रणमा लिएको छ ।
    सिमापारी भारतको सुनबर्साबाट भन्सार छलेर भित्री बाटो हुँदै बि आर क्यु २४६१ र बि आर एच ०९७३ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिइएको हो ।

    कपडा राखेर हरिपुर तर्फ ल्याउदै गर्दा लक्ष्मीपुर कोद्राहको मुजर्बाबाट मोटरसाईकल प्रहरीको नियन्त्रणमा परेका हुन् । इलाका प्रहरी चौकी हरिपुरबाट खटी गएको प्रहरीको टोलीले मोतरसाइकल बाट कर छली ल्याएको कपडा बरामद गरेपछि नियन्त्रणमा लिइएको बताइएको छ ।

    अबैध तरिकाबाट मोटर साईकलमा कपडा राखेर ल्याउदै गर्दा प्रहरीलाई देख्ने बितिकै मोटरसाईकल सहित कपडा छोडेर तस्करहरु फरार भएको र उनीहरुको खोजी कार्य भईरहेको प्रहरीको भनाइ छ । बरामद गरिएको मोटरसाईकल तथा कपडा आबश्यक कार्बाहीको लागि जिल्ला भन्सार कार्यालय मलंगवा पठाईएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक अनिल ठकुरीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...