News Portal

  • नयाँ जनवर्गीय सङ्गठन निर्माणको तयारीमा नेकपा

    नेपालवाल संवाददाताकाठमाडौँ, ६ जेठ
    ११५० पटक
    काठमाडौँ, ६ जेठ

    दुई ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) मिलेर नयाँ पार्टी नेकपाको निर्माण भएसंगै पुराना दुवै पार्टीका जनवर्गीय सङ्गठन बिघटन भएका छन । जेठ ३ गते नै संयुक्त केन्द्रीय समितिको बैठकले दुवै पार्टीको जनवर्गीय सङ्गठन विघटन गरेका थिए ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पुरानो सम्पूर्ण जनवर्गीय सङ्गठन विघटन भएको र नयाँ जनवर्गीय सङ्गठन निर्माणको तयारी गरेको बताएको छ । आफ्ना पुराना जनवर्गीय सङ्गठनलाई पुरानो हैसियतमा कुनै काम नगर्नसमेत नेकपाले निर्देशन दिएको बुझिएको छ ।

    नेकपाले जनवर्गाीय सङ्गठनहरू, पेशागत सङ्गठनहरू र सामाजिक तथा सामुदायिक सङ्गठनहरू गरी तीन प्रकृतिका सङ्गठनहरू बनाउने तयारी गरेको बताइएको छ । ३ महिनाभित्र जनवर्गीय सङ्गठनले पूर्णता पाईसक्ने नेकपाको दावी छ । युवा, बिद्यार्थी, मजदूर, महिला, कर्मचारी, शिक्षक लगायतका जनवर्गीय संगठनहरु दुवै दलका शक्तिशाली र प्रभावकारी रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...