News Portal

  • जैविक विविधतालाई पुँजीकृत गर्नु चुनौती होः मन्त्री बस्नेत

    जेठ,८
    ९५६ पटक
    जेठ,८

    काठमाडौ–वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले जैविक विविधताको संरक्षणसँगै सही उपयोग गर्ने विषय चुनौति पुर्ण रहेको बताएका छन् ।
    अन्तराष्ट्रिय जैविक विविधता दिवसको सन्र्दभमा मंगलबार ललितपुरको खुमलटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री बस्नेतले जैविक विविधतालाई पुँजीकृत गर्नु मुख्य चुनौति रहेको बताएका हुन् ।
    जैविक विविधतालाई पुर्नउत्पादनको क्षेत्रमा उपयोग गर्दै पुँजीकृत गर्नुपर्ने तर्क उनको छ ।
    मानवजातिले आर्जन गरेको ज्ञान विज्ञानलाई आधार मान्दै संंरक्षण र विकास संगै लैजानुपर्ने भन्दै बस्नेतले पुर्वाधारका काम गर्दा सधै जैविक विविधता संरक्षणको कुरा उठ्ने गरेको भन्दै परिस्कृत र योजनावद्ध ढंगले संरक्षरण र विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
    बर्षमा एक दिन केही विरुवा रोप्दैमा जैविक विविधताको संरक्षण नहुने भन्दै उहाँले योजनावद्ध ढंगले यसको संरक्षणमा लाग्नुपर्ने बताए ।
    जैविधि विविधता महासन्धिका २५ बर्षः पृथ्वीमा सुरक्षित जीवनको सुनिश्चितता भन्ने नाराका साथ मंगलबार विविध कार्यक्रम गरि नेपालमा पनि जैविक विविधता दिवस मनाईएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...