News Portal

  • सर्लाहीमा बाटोको बिषयमा बिबाद बढेपछि बबन्डर : वडा सचिवसहित ३ को अवस्था गम्भीर

    प्रेमनाथ पाैडेलसर्लाही, ९ जेठ
    २५८९ पटक
    सर्लाही, ९ जेठ

    बाटोको विषयमा दुई पक्ष वीच झडप हुँदा सर्लाहीमा वडा सचिवसहित चार जना घाईते भएका छन् ।

    सर्लाहीको धनकौल गाउँपालिका २ सेखौनामा सडक विस्तार कार्यको लागि नापजाँच गरी फर्कदैं गर्दा वडा नम्बर २ कै वडा सचिव मुकेश कुमार सिंह, गाउँपालिका अध्यक्ष रामआश्रय साहका भतिज दिपेन्द्र प्रसाद साह, अध्यक्षकै भान्जा भरत कुमार साह र अर्का एक यूवा सुनिल कुमार यादव घाईते भएका हुन् ।

    घाईते मध्ये सुनिल कुमार यादव वाहेक अन्य तिन जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले बताए ।

    प्रहरीका अनुसार गाउँ भन्दा पर बाँस घारीमा लुकेर वसेका १५/१६ जनाको समूहले वाँसको भाटाले आक्रमण गर्दा उनीहरु घाईते भएका हुन । घाईते मध्ये तीन जनालाई थप उपचारको लागि विरगंज रिफर गरिएको छ ।

    घट्नामा संलग्न रहेको भन्दै अन्दाजी ५० वर्षका परीक्षण महतोलाई प्रहरीले पक्राउ गरेको छ । अन्य फरार रहेको हुँदा उनीहरुको खोजी भई रहेको प्रहरी निरीक्षक कुर्मीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...