News Portal

  • हेल्प मधेशीको १० लाख हस्तान्तरण

    नेपालवाल संवाददाताजनकपुर, १० जेठ
    ९१० पटक
    जनकपुर, १० जेठ

    साउदीमा मुत्युदण्डको सजाय भोगी रहेका उमेश यादवको जीवन रक्षाको लागि हेल्प मधेशीले संकलन गरेको रु दश लाख मुख्यमन्त्री लालबाबु राउतको हातबाट ग्रोइङ्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायलाई हस्तान्तरण गरिएको छ ।

    हेल्प मधेशी जनकपुर च्याप्टरले मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको एक कार्यक्रमका बीच मुख्यमन्त्री राउतले उमेश यादवका पारिवारिक सदस्यहरुको उपस्थितिमा सो रकम अध्यक्ष रायलाई हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा मुख्यमन्त्री राउतले उमेश यादवको जीवन रक्षाका लागि हेल्प मधेशीले गरेको सहयोगको प्रशंसा गर्दै अगामी दिनमा समेत समस्यामा परेका मधेशीहरुको रक्षाका लागि यस्तै सहयोगको अपेक्षा समेत व्यक्त गरे । उनले उमेश यादवको जीवन रक्षाको लागि प्रदेश सरकारबाट हुने हरेक सहयोग गर्न आफुहरु तैयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।

    ३० लाख पाकिस्तानी रकम ब्लडमनी पीडित परिवारलाई दिनु पर्ने छ । सो अभियान अन्तर्गत हाल सम्म ३७ लाख ५० हजार नेपाली रुपैया संकलन भै सकेको उमेश यादव बचाउ अभियानका संयोजक समेत रहेका रायले जनाएका छन् । अब उक्त खातामा कुनै रकम जम्मा नगर्न समेत रायले सबैमा आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...