News Portal

  • सर्पको टोकाइले १६ वर्षीया किशोरीको मृत्यु

    राम नारायण पंडितसिरहा, १६ जेठ
    ९१२ पटक
    सिरहा, १६ जेठ

    कल्याणपुर नगरपालिका बडा नं. ६ भोक्राहामा सर्पको टोकाइले एक किशोरीको मृत्यु भएको छ । कमला नदिको बगरमा तरबुजा टिप्न गएको बेला सर्पले टोक्दा स्थानीय ततरा मियाँको १६ वर्षीया छोरी अमिदा खातुनको सोमबार ज्यान गएको बडा अध्यक्ष मोतिबुल राइनले बताए ।

    किशोरीलाई सर्पले टोक्दा तत्कालै एम्बुलेन्सको व्यवस्था नहुँदा मृत्यु भएको बडा अध्यक्ष राइनको भनाइ रहेको छ । उनले भने “सर्पले टोक्दा एम्बुलेन्स नहुँदा समयमा अस्पताल पुर्याउन नसक्दा युबतीको मृत्यु भएको हो, ढिलो गरी उपचारका लागि बन्दिपुर सेना क्याम्पमा पुग्दा त्यहाँ उपचार सम्भब नहुने डाक्टरले भनेपछि तत्कालै गोरख गण चोहर्बा पुर्याउने बित्तिकै युबतीको मृत्यु भयो ।”

    एम्बुलेन्सको कारणले जनताको ज्यान जान नदिनका लागि स्थानीय स्वास्थ्य चौकीमा छिट्टै एम्बुलेन्सको व्यबस्था गर्ने बडा अध्यक्ष राइनले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...