News Portal

  • हरिवन नगरपालिकाको न्यायपालिकाले १ वर्षपछि पायो पूर्णता

    प्रेमनाथ पाैडेलसर्लाही, २० जेठ
    १८५० पटक
    सर्लाही, २० जेठ

    जनप्रतिनिधि निर्बाचित भएको एक बर्ष पछि हरिवन नगरपालिकाको न्यायपालिकाले आज पूर्णता पाएको छ । नगरपालिकाको उपमेयर संयोजक रहने न्याय पालिकामा सदस्यहरु चयन हुन् नसक्दा हरिवनको न्यायिक समितिले पूर्णता पाएको थिएन ।

    दुई सदस्य सर्ब सम्मत रुपमा चयन गरेपछि समितिले पूर्णता पाएको उपमेयर एवं न्यायिक समिति कि संयोजक रेनुका पौडेल ले बताइन् । निर्बाचन समितिका संयोजक एवम् नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालको संयोजकत्वमा गठित समितिले निर्बाचनविधिद्वारा सदस्य चयन गरेको हो ।

    दुई सदस्यका लागि ११ जना को उम्मेद्बारी परेको भए पनि अन्तिम समयमा आएर ९ जनाले उम्मेद्बारी फिर्ता लिए पछि दुई जना आइतवार सर्ब सम्मत रुपमा चयन गरिएको प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालले जानकारी गराए । ढकालका अनुसार सम्मतरुप चयन हुने सदस्यमा कार्यपालिका सदस्य केदार खड्का र हरिमाया घलान रहेका छन् । उनीहरु दुबै जनालाई आईतबार एक कार्यक्रमका बीच नगरपालिकाका मेयर गणेश प्रसाईंको प्रमुख आतिथ्यतामा निर्बाचन समितिका संयोजक ढकालले न्यायिक समिति सदस्यको सपथसमेत गराएका छन् ।

    बिधान अनुसार निर्बाचन प्रक्रिया द्वारा नै सदस्य छनौट गर्नु पर्ने प्राबधान अनुसार निर्बाचन कार्यतालिका अगाडि बढाईएको थियो । ११ वटा वडा रहेको हरिवन नगरपालिकामा ६०जना कार्यपालिकाका सद्स्य रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...