News Portal

  • शैक्षिक हड्तालको आंसिक प्रभाव : पठनपाठन प्रभावित

    नेपालवाल संवाददाताकाठमाडौँ, २१ फागुन
    १०१४ पटक
    काठमाडौँ, २१ फागुन

    शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको र नीजि विद्यालय संचालकहरुले मनोमानी ढंगले वृद्धि गरेको शुल्क फिर्ता नगरेको भन्दै बिद्यार्थी संगठनहरुले शैक्षिक हड्ताल गरेका छन् । हडतालको आज आंसिक प्रभाव परेको छ ।

    बिद्यालय बन्दका कारण बिद्यार्थीहरु आधा बाटो बाटै फर्किएका छन । अभिभावकहरु बन्दको कारण थाहाँ नपाउदा अन्योलमा परेका थिए ।

    बिहीबार सरोकारवालाहरुसंग अन्तरक्रिया गरेका उनीहरुले सोमवार हड्तालको घोषणा गरेका हुन् । संविधानले मौलिक अधिकारको रुपमा स्वीकार गरेको निःशुल्क शिक्षा नीति लागू गर्न सरकारसँग उनीहरुको माग छ ।

    संयुक्त ८ विद्यार्थी संगठनले जेठ १३ गते बैठक बसेर २१ गतेको आम शैक्षिक हड्ताललगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको थियो । अखिल क्रान्तिकारी , नयाँ शक्ति बिद्यार्थी युनियन , राजपा बिद्यार्थी संगठन, समाजबादी बिद्यार्थी फोरम, अनेरास्ववियु पाचौ,राष्ट्रबादी बिद्यार्थी संघ लागायतका ८ बिद्यार्थी संगठनले हड्ताल आह्वान गरेका हुन् ।

    शैक्षिक मागसँगै सरकारले बढाएको पेटोलिय पदार्थको मूल्य वृद्धिको पनि विद्यार्थीहरुले विरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...