News Portal

  • बागमतीको बगरमा भेटियो १२ बर्षे नाबालकको शव : अपहरण पछि हत्या गरिएको खुलासा

    नेपालवाल संवाददाताराैतहट, २८ जेठ
    ८९२ पटक
    राैतहट, २८ जेठ

    रौतहटको कटहरिया नगरपालिका–९ का अहेव दिलीप साहका छोराको अपहरण पछि हत्या भएको छ । १२ वर्षीय शनिदेव भन्ने युवराज साहको अपहरणपछि हत्या भएको हो ।

    शनिबार राति आफ्नै घरमा सुुतिरहेका नाबालक साह बेपत्ता भएको खबर परिवारले आइतबार बिहान मात्र थाहाँ पाएका थिए । मोबाइल खोज्न भाइको कोठामा जादा दाजुु निरञ्जन साहले मोबाइल र भाइ कोठामा नरहेको देखेपछि उनको खोजतलास शुरु भएको थियो ।

    आज बिहान बागमती किनारमा शनिवारदेखि बेपत्ता बनेका नाबालक साहको शव फेला परेको हो । उनको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिकामा बागमती नदी किनारको बगरबाट उनको शव बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले बताए ।

    मृतकको टाउकोमा चोट देखिएकाले लठ्ठीले हानेर उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुमान रहेको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पुर्याइएको छ ।

    अपहरणको आरोपमा प्रहरीले ५ स्थानीयलाई पक्राउ गरी अनुसन्धान गर्दा शव फेला पार्न सकिएको प्रहरीले जानकारी गराएको छ । हत्याको कारण भने खुल्न नसकेको र थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...