रौतहटको कटहरिया नगरपालिका–९ का अहेव दिलीप साहका छोराको अपहरण पछि हत्या भएको छ । १२ वर्षीय शनिदेव भन्ने युवराज साहको अपहरणपछि हत्या भएको हो ।
शनिबार राति आफ्नै घरमा सुुतिरहेका नाबालक साह बेपत्ता भएको खबर परिवारले आइतबार बिहान मात्र थाहाँ पाएका थिए । मोबाइल खोज्न भाइको कोठामा जादा दाजुु निरञ्जन साहले मोबाइल र भाइ कोठामा नरहेको देखेपछि उनको खोजतलास शुरु भएको थियो ।
आज बिहान बागमती किनारमा शनिवारदेखि बेपत्ता बनेका नाबालक साहको शव फेला परेको हो । उनको घर कटहरिया–९ देखि झण्डै ३० किलोमिटर पूर्व गढीमाई नगरपालिकामा बागमती नदी किनारको बगरबाट उनको शव बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले बताए ।
मृतकको टाउकोमा चोट देखिएकाले लठ्ठीले हानेर उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुमान रहेको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पुर्याइएको छ ।
अपहरणको आरोपमा प्रहरीले ५ स्थानीयलाई पक्राउ गरी अनुसन्धान गर्दा शव फेला पार्न सकिएको प्रहरीले जानकारी गराएको छ । हत्याको कारण भने खुल्न नसकेको र थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ रहेको छ ।