हवाई भाडा बृृद्धि गरेको भन्दै हुम्लाबासीले त्यसको बिरोध स्वरुप बिहीबार तेस्रो दिन सिमकोट बजार बन्द गरेका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर आन्दोलनलाई तिब्र पारेका उनीहरुले असार २ गते हुुम्ला जिल्लाको एक मात्र हवाई सेवा पनि बन्द गर्ने बताएका छन् ।
बिरोधकाे घोषित कार्यक्रम अनुुसार आज सिमकोट बजार बन्द गरिएकाे हो ।
संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ समायोजन गरेको हवाई भाडाबाट हुम्लाबासीले यस अघि पाउदै आएको सुुबिधा समेत खोसेको भन्दै असार २ गते सम्म बिरोधका कार्यक्रम तय गरिएको छ ।
भोली असार १ गते सिमकोट नागरिक उड्डयान प्राधिकरण शाखाको मुल गेटमा कालो पट्टी बाँधेर धर्ना गर्ने तथा असार २ गते सिमकोट नागरिक उड्डयन प्राधिकरणको कार्यलय बन्द गरेर हुुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा बन्द गरिने बताइएको छ ।
हवाई भाडा बृृद्धिको बिरुद्धमा जिल्लाका सात वटै गाँउपालिका, नेपाल कम्युुनिष्ट पार्टी ( नेकपा), नेपाली काँगेस, संघिय समाजबादी फोरम नेपाल, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, निर्माण ब्यबसायी संघ, होटेल ब्यबसायी संघ, प्राध्यापक संघ र नागरिक समाजको सहभागिता रहेको प्राध्यापक संघका अध्यक्ष बसन्त रोकायाले बताए ।
यस अघि हवाई भाडामा सिन्डिकेट भएको भन्दै सरकारले नेपालगंजबाट सिमकोटका लागि चार्टर फ्लाईट हटाएर नेपालगंजवाट सिमकोट र सिमकोटबाट नेपालगंजका लागि समान भाडादर ७ हजार १ सय ९० रुपियाँ कायम गरेको थियो । जुुन गत जेठ १० गतेवाट कार्यान्वयनमा आएको थियो । तर, यस अघिको दुुईतर्फी ५ हजार २ सय ९० रुपियाँ पाउदै आएकोमा सहुुलियत फ्लाईटको भन्दा हालको भाडा बढाएको भन्दै हुुम्लावासी आन्दोलनमा होमिएका हुन् ।
यस अघि दुुई – तीन पटक ज्ञापन पत्र पेश गर्दा पनि कुुनै सुुनुुवाही नभएकोले मंगलबारबाट शान्तिपुुर्ण आन्दोलन शुरु भएको र यतिले पनि सरकारले नसुुने थप आन्दोलनका कार्यक्रम ल्याउने उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले जानकारी गराए ।