News Portal

  • सरकार बिरुद्ध हुम्लावासी : आज सिमकोट बजार बन्द

    राजन रावतराजन रावत/हुम्ला, ३१ जेठ
    १५९६ पटक
    राजन रावत/हुम्ला, ३१ जेठ

    हवाई भाडा बृृद्धि गरेको भन्दै हुम्लाबासीले त्यसको बिरोध स्वरुप बिहीबार तेस्रो दिन सिमकोट बजार बन्द गरेका छन् ।  बुधबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर आन्दोलनलाई तिब्र पारेका उनीहरुले असार २ गते हुुम्ला जिल्लाको एक मात्र हवाई सेवा पनि बन्द गर्ने बताएका छन् ।

    बिरोधकाे घोषित कार्यक्रम अनुुसार आज सिमकोट बजार बन्द गरिएकाे हो ।

    संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ समायोजन गरेको हवाई भाडाबाट हुम्लाबासीले यस अघि पाउदै आएको सुुबिधा समेत खोसेको भन्दै असार २ गते सम्म बिरोधका कार्यक्रम तय गरिएको छ ।

    भोली असार १ गते सिमकोट नागरिक उड्डयान प्राधिकरण शाखाको मुल गेटमा कालो पट्टी बाँधेर धर्ना गर्ने तथा असार २ गते सिमकोट नागरिक उड्डयन प्राधिकरणको कार्यलय बन्द गरेर हुुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा बन्द गरिने बताइएको छ ।

    हवाई भाडा बृृद्धिको बिरुद्धमा जिल्लाका सात वटै गाँउपालिका, नेपाल कम्युुनिष्ट पार्टी ( नेकपा), नेपाली काँगेस, संघिय समाजबादी फोरम नेपाल, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, निर्माण ब्यबसायी संघ, होटेल ब्यबसायी संघ, प्राध्यापक संघ र नागरिक समाजको सहभागिता रहेको प्राध्यापक संघका अध्यक्ष बसन्त रोकायाले बताए ।

    यस अघि हवाई भाडामा सिन्डिकेट भएको भन्दै सरकारले नेपालगंजबाट सिमकोटका लागि चार्टर फ्लाईट हटाएर नेपालगंजवाट सिमकोट र सिमकोटबाट नेपालगंजका लागि समान भाडादर ७ हजार १ सय ९० रुपियाँ कायम गरेको थियो । जुुन गत जेठ १० गतेवाट कार्यान्वयनमा आएको थियो । तर, यस अघिको दुुईतर्फी ५ हजार २ सय ९० रुपियाँ पाउदै आएकोमा सहुुलियत फ्लाईटको भन्दा हालको भाडा बढाएको भन्दै हुुम्लावासी आन्दोलनमा होमिएका हुन् ।

    यस अघि दुुई – तीन पटक ज्ञापन पत्र पेश गर्दा पनि कुुनै सुुनुुवाही नभएकोले मंगलबारबाट शान्तिपुुर्ण आन्दोलन शुरु भएको र यतिले पनि सरकारले नसुुने थप आन्दोलनका कार्यक्रम ल्याउने उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...