News Portal

  • गणतन्त्रमा पनि विद्यालय कर्मचारीहरु विभेदका साथ् बाच्न बिवस

    नेपालवाल संवाददाताकाठमाडौं, २ असार
    १४५१ पटक
    काठमाडौं, २ असार

    नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेकाे छ । विद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गरी स्थायी गर्नुपर्ने माग गरिएको हो ।

    विद्यालयमा कामगर्ने कर्मचारीहरुको पेशागत हकहितको लागि काम गर्ने संगठनको रुपमा नेपाल विद्यालय कर्मचारी परिषद् रहेको छ । परिषद्को नवनिर्वाचित कार्यसमितिले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दी सिर्जना गर्नुपर्ने र निजामती कर्मचारीसरहको सेवा सुविधा पाउनुपर्ने माग गरेको हो ।

    काठमाडाैंमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट बहादुर खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । विद्यालय तहमा काम गर्ने लेखापाल र कार्यालय सहयोगी रहेको उक्त परिषदमा अहिले करीब ४० हजार कर्मचारी आबद्ध रहेको बताइएको छ ।

    परिषद्का नवनिर्वाचित अध्यक्ष बहादुर खड्काले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विद्यालय तहमा काम गर्ने सवै कर्मचारी राष्ट्रसेवक भएकोले निजामती कर्मचारीसरह ब्यवहार गरिनुपर्ने बताएका छन् । संघीय शिक्षा ऐनमा परिमार्जन गरी आवश्यक दरबन्दी सिर्जना गरेर स्थायी गर्नुपर्ने उनले प्रष्ट पारे ।

    शिक्षा निययमावली २०२८ मा शिक्षकसरह तलब पाउने भनिए तापनि आफूहरुले  शिक्षकसरह तलब पाउन नसकेको अध्यक्ष खड्काले गुनासो गरे । त्यतिमात्र होइन, सरकारले दरबन्दीमा नराख्दा पोशाक र महँगी भत्तासमेत नपाएकाेमा उनीहरु दुखी देखिए ।

    अधिकांस बिद्यालय कर्मचारी आर्थिक रुपमा बिपन्न रहेका छन् तर राज्यले उनीहरुलाई उपेक्षा गर्दै आएको छ । पोशाक सुबिधा र महंगी भत्ताका असल हकदार उनीहरु भएपनि राज्यको विभेद जारी छ ।  राजनीतिक परिबर्तनले पनि उनीहरुको श्रमको सम्मान गर्न नसक्दा गणतन्त्रमा पनि बिद्यालय कर्मचारीहरु विभेदका साथ् बाच्न बिवस बनाइएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...