News Portal

  • प्रदेश नम्बर २ को प्रहरीमा सबै मधेशी हुनुपर्छ : प्रवक्ता सिंह

    नेपालवाल संवाददाताकाठमाडौं, ५ असार
    ९२७३ पटक
    काठमाडौं, ५ असार

    मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता कृष्णा सिंहले प्रदेश २ मा मधेशी मात्र प्रहरी हुनुपर्ने धारणा राखेका छन् । प्रदेश सरकारको एक घटक राजपाका प्रवक्ता सिंहले प्रदेश प्रहरीमा मधेशी समुदायका व्यक्तिलाई मात्र समावेश गर्नुपर्ने धारणा राखेका हुन् ।

    उनले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त धारणा सार्वजनिक गरेका हुन् । यद्यपी यो धारणा पार्टीको नभई आफ्नो व्यक्तिगत मात्र भएको उनको भनाइ छ ।

    ‘प्रदेश २ को प्रदेश प्रहरीमा सबै उत्पीडित समुदाय लाई समाबेश गर्नु पर्छ र यसो गर्दा मधेशी भनी सकेपछि सबै मधेशी समुदाय समाबेश हुनुपर्छ,’ प्रवक्ता सिंहले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    उनले धर्म वा जातिको नाममा मधेशलाई विभाजन नगर्न अनुरोध गर्दै प्रदेश सरकारले उत्पीडित तथा अल्पसंख्यकलाईसमेत ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...