News Portal

  • पढाईमा सधै दोस्राे हुने देबकोटा मृत्युमा भने पहिलो भएपछि बाबुराम भट्टराइको यस्तो अनुभुती

    इभक्तपुर संवाददाताकाठमाडौं, ५ असार
    १२८२ पटक
    काठमाडौं, ५ असार

    डा बाबुराम भट्टराई र डा उपेन्द्र देबकोटा दुवै एकै कक्षामा पढ्ने सहपाठी भएको र अब्बल बिद्यार्थी रहेकोले उनीहरुको सम्बन्धको बारेमा चर्चा भैरहन्थ्यो । पढाइमा सधै दोस्राे हुने देबकोटा मृत्युमा भने पहिलो हुनपुगे ।

    डा उपेन्द्र देबकोटा जीवित रहदासम्म कतिपयले उनीहरुलाई एक अर्काको प्रतिस्पर्धीकै रुपमा बुझ्ने गर्दथे । कतिपयले उपेन्द्रलाई ज्यान दिने र बाबुरामलाई ज्यान लिनेको रुपमा व्याख्या गर्दथे भने कतिपयले उपेन्द्र सधै सेकेण्डम्यान भैएको र बाबुरामलाइ कहिल्यै जित्न नसकेको अर्थमा लिन्थे । त्यतिमात्र होइन, उनीहरुको बिषयमा बजारीया अफवाहहरू समेत पर्याप्तै हुने गर्दथे ।

    सोमबार डा उपेन्द्र देबकोटाको देहान्त भएसंगै डा बाबुराम भट्टराईले देबकोटा एक वेजोड चिकित्सक मात्र नभएर एक गाैरवको साथी भएको र उनीसंगै विताएका दिनहरूको सम्झनाले आजीवन पछ्याइरहने भनेका छन् । देबकोटालाइ सपत्नी श्रद्धान्जली दिएर आएपछि उनले सामाजिक संजाल मार्फत आफ्नो यस्तो अनुभुती सार्वजनिक गरेका छन् ।

    अन्तिम विदाइ, प्रिय उपेन्द्र!

    आज अन्तिम पटक तिम्रो भौतिक शरीरसंग विदा लिंदा मेरा मनमष्तिष्कमा हामी दुवै जना १० देखि १८ वर्षको किशोरावस्थामा सहपाठी हुँदाका अत्यन्त भावमय अनुभूतिहरूको स्मरण गरिरहेछु! तिमी जस्तो मेधावी र बहुप्रतिभासम्पन्न सहपाठीसंगको प्रतिस्पर्धापूर्ण सहकार्य र सहयात्राले आफ्नो जीवनमा ठुलो योगदान पुर्याएकोमा गर्वको अनुभूति गर्दैछु! तिमीप्रति अन्तरहृदयैदेखि कृतज्ञता व्यक्त गर्दछु!

    हाम्रो सम्बन्धवारे थुप्रै सार्वजनिक जिज्ञासा र चासो ( केही भ्रम पनि!) रहे पनि त्यसले हामी दुवैको विकासमा र अन्तत: देश र समाजको उन्नतिमा सकारात्मक योगदान पुर्याएको मान्दछु। हाम्रो स्वस्थ प्रतिस्पर्धा एक अर्कालाई तल तान्ने भन्दा पनि एक अर्का भन्दा अघि बढ्ने वा माथि उठ्ने प्रकृतिको थियो र त्यसैले सबैलाई लाभ पुर्याएको थियो भन्ने ठान्दछु! यसवारे कसैले थप अनुमानको खेती नगरून् भन्ने पनि आग्रह गर्दछु!

    तिम्रो जीवन अत्यन्त सफल छ! तिमी अमर भएका छौ! एउटा मान्छेको छोटो जीवन कालखण्डमा समाज, देश र मानवजातिलाई गर्नुपर्ने र गर्नसक्ने काम तिमीले गरेकाछौ! तिम्रो सहपाठी र समकालीन सहयात्रीहरू सबै तिमी प्रति गौरवान्वित छौं,आभारी छौं, ऋणी छौं! तिम्रो जय होस्!!

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...