News Portal

  • डा केसी र विवेकशील साझाप्रति गृहमन्त्रीको कटाक्ष : नाइँ मलाई त्यँही केटी चाहिन्छ भने जस्तो भयो

    नेपालवाल संवाददाताकाठमाडौं, १५ असार
    १०३५ पटक
    काठमाडौं, १५ असार

    गृहमन्त्री रामबहादुर थापा बादलले नाइँ मलाइ त्यही केटि चाहिन्छ नभन्न अनुरोध गरेका छन् । उनले माइतीघरमै प्रदर्शन गर्न पाउनुपर्छ भन्ने कुरा ‘मलाई त्यही केटी चाहिन्छ भने जस्तो’ भएको भनेका हुन् ।

    गृहमन्त्री थापाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेरै माइतीघर लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको निर्णयको बचाव गर्दै उक्त कुरा बताएका हुन् ।

    सरकारले माइतीघर मन्डला, भद्रकाली, बानेश्वर लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि बरिष्ठ चिकित्सक गोविन्द केसीले त्यसलाई चुनौति दिंदै निषेधित ठाउँबाटै अनशन थाल्ने बताएका छन् । उक्त क्षेत्रलाई बिबेकशील साझाले समेत प्रदर्शन स्थल बनाउदै आएको छ । उनीहरुले उक्त क्षेत्रमा निषेध गर्ने सरकारी कदम अधिनायकबादी भएको बताउदै आएका छन् ।

    गृहमन्त्रीले थापाले भने सरकार अधिनायकबादी नभएको जिकिर गर्दै भिडभाड हुने क्षेत्रमा दुर्घटना हुनसक्ने र पर्यटकमा समेत नकारात्मक प्रभाव पर्नसक्ने भएकोले निषेधित क्षेत्र घोषणा गरिएको दावी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    रहेनन् पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह

    भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षको उमेरमा बिहीबार राती उनको...

    ह्वाइटफिल्ड उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न

    काठमाडौंको नयाँ बजारस्थित ह्वाइटफिल्ड स्कुलद्वारा पौष ५ देखि ११ गतेसम्म आयोजित उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल...

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...