News Portal

  • सात घण्टा लामो वार्ता सफल : नाै विद्यार्थी संगठनको आन्दोलन स्थगित

    नेपालवाल संवाददाताकाठमाडौं, १९ असार
    १४२९ पटक
    काठमाडौं, १९ असार

    शिक्षामा व्यापारीकरण र माफियाकरण भएको भन्दै आन्दोलनरत नाै विद्यार्थी संगठनले आन्दोलन रोकेका छन् । सोमवार नाै विद्यार्थी संगठनसहित सरोकारवाला र शिक्षा मन्त्रालय बीच भएको बार्तापछि आन्दोलन फिर्ताको सहमती बनेसँगै आन्दोलन रोकिएको हो ।

    सडकमै कक्षा सञ्चालन गरेर आन्दोलनमा उत्रेको नाै विद्यार्थी संगठनले ३ दिने शैक्षिक आम हड्तालको समेत घोषणा गरेका थिए । जिल्ला प्रशाशन कार्यालय काठमाडौंले बिज्ञप्ती नै जारी गरेर घोषित आम हड्ताल नरोके कडा कारवाही गर्ने चेतावनी दिएको थियो ।

    निजी विद्यालयहरुले नियम बिपरित बढाएको शुल्क फिर्ता वा समायोजन गर्ने लगायतका बिषयमा सहमती बनेसंगै आन्दोलन फिर्ता गरिएको राजपा विद्यार्थी संगठनका अध्यक्ष मनिष मिश्रले बताए । सोमबार ९ बुंदे सहमती पत्रमा हस्ताक्षर भएसंगै आन्दोलन रोकिएको उनले बताए ।

    नाै विद्यार्थी संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षरीत सहमती पत्रमा प्याब्सन, एन प्याब्सनका अध्यक्षहरुले पनि सहमती जनाएका छन् । शिक्षा मन्त्रालयका तर्फबाट सहसचिव सूर्य गौतम र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल बार्तामा सहभागी भएका थिए ।सिंहदरवारस्थित शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको सभाहलमा बेलुकी ४ : ३० देखि शुरु भएको बार्ता ११ : ३० सम्म चलेको थियो ।

    सच्याइएको : नाै विद्यार्थी संगठन हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।-सम्पादक

    हेर्नुस् सहमती पत्र

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...