News Portal

  • साढे आठ सय भारतीय पर्यटक हुम्लामा रोकिए : शव समेत सदरमुकाम ल्याउन सकिएन

    राजन रावतहुम्ला, १९ असार
    १४७८ पटक
    हुम्ला, १९ असार

    मानसरोवर कैलाशको धार्मिक यात्रा गरि फर्केका साढे आठ सय भन्दा बढि भारतीय पर्यटकहरु सिमकोट र हिल्सामै रोकिएका छन् । सिमकोटमा आइतबारदेखि हवाई यातायात बन्द हुँदा पर्यटकहरु हुम्लामा रोकिएका हुन् ।

    लगातारको बर्षा पछि नेपालगंजबाट सिमकोटका लागि हवाई उडान हुन नसक्दा सिमकोटमा ५ सय ६५ जना र हिल्सामा ३ सय भन्दा बढि मानसरोवर कैलाशको धार्मिक यात्रा गरि फर्कने भारतीय यात्रुहरु रोकिएका छन् । हाल नेपालगंज जानका लागि सिमकोट आई पुगेका तीन सय भारतीय पर्यटकको टिकट सीता एयर, एक सय ४५ जना भारतीय यात्रुहरुको टिकट बुकिङ भएको समिट एयर र तारा एयरमा एक सय २० जना भारतीयको टिकट बुकिङ भएको छ ।

    पानी परि रहेको भए पनि यात्रुहरु सिमकोट बिमानस्थलमा कुरि रहेको अबस्था रहेको छन् । सीताका दुई वटा, समिटका तीन र ताराको एक वटा जहाजले सिमकोट बिमानस्थमा उडान भर्ने गरेको भए पनि दुई दिनयता कुनै जहाजहरुले उडान भर्न नसकेको सिमकोट बिमानस्थलले जनाएको छ ।
    जिल्लाको एक मात्र हवाई यातायात सुचारु नहुँदा सिमकोटका होटेलहरु भारतीय पर्यटकहरुले भरि भराउ भएका छन् । ७९ जना भारतीय रहेको मानसरोवर होटेलका संचालक चिन वहादुर रावतले पर्यटकहरुको ब्यबस्थापन गर्न कठिन भएको उताए । सोमवारसम्म जेनतेन चले पनि अब भने समस्या आउने उनी बताउछन् ।

    धेरै दैनिक उपभोग्य सामान नेपालगंजबाटै ल्याउन पर्ने भएको कारण हवाई यातायात दुई दिन देखि सुचारु नहुँदा सामानको पनि अभाब हुन थालेको उनको भनाइ छ । अर्को ३३ जना पर्यटकलाई राखि रहेको सनभ्याली रिसोर्ट पनि अब समस्या आउने जनाइएको छ । हाल सिमकोटमा १४ वटा पर्यटकीय होटेलहरु भएको र त्यतिले पर्यटकहरुलाई बास बस्न नपुगेर अन्य साना होटेलहरुमा पनि बस्न थालेका छन् ।

    यसैबिच सिमकोट देखि हिल्सा सम्म कुनै हेलिकोप्टर संचालनमा आउन नसक्दा तीन सय भन्दा बढि भारतीय हिल्सामा रोकिएका छन् । हिल्सामा पनि भारतीयलाई ब्यबस्थापन गर्न कठिन भएको छ । हेलिकोप्टर पनि संचालनमा नआउदा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने क्रममा मृत्यु भएका भारतीय पर्यटकको शव समेत हिल्सा मै रोकिएको छ ।

    काठमाडौं हुँदै केरुङ्ग नाकावाट मानसरोवर कैलाश यात्रामा गएको भारत महाराष्ट्रका मिनिता सन्जय खेडकेरको मृत्यु आईतवार भएको प्रहरीले जनाएको छ । अन्य दिनमा हेलिकोप्टरहरुले सिमकोटबाट हिल्सा ७० देखि ८० उडान भर्ने गरेको सिमकोट बिमान स्थलले जनाएको छ ।

    सोमवार बिहान थप एक जना भारतीय नागरिकको मृत्यु भएको खबर प्राप्त भएको छ । ५६ वर्षिया भारत केराला मालापुरणकी लिला महेन्द्र नारायणको निधन भएको हो । सिमकोटको होटेल गेट वेमा खाजा खाए संगै पानी पिएर कोठामा गएपछि ओछ्यानमा पल्टिदा सुतेको सुत्यै भएको जानकारी प्राप्त भएको छ । अस्तपालमा लैजादा निजको मृत्यु भएको अस्पतालले घोषणा गरेको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...